राजेश श्रेष्ठ । काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको दशौं साधारणसभा आज बनेपा स्थित पञ्चकन्या ब्याङ्क्वेटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेक बहादर बोहराको अध्यक्षतामा भएको साधारण सभाले कर प्रयोजनको लागि नगद लाभांश रु.१९१३१३१.०० र चुक्ता पुँजीको ९.२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ ।साधारण सभाले अध्यक्षको प्रतिवेदन तथा साविक नागवेली लघुवित्त वित्तीय संस्थाको रु. १,२९,६७,४९,२७९.०० को वासलात सहितको वित्तीय विवरण र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २,९२,४२,०२,८९६.०० को वासलात सहितको वित्तीय विवरण पास गरेको छ । मिर्मिरेले साविक नागवेली लघुवित्त वित्तीय संस्थालाई २०७७ भाद्र ७ गते प्राप्ति गरि एकिकृत कारोवार गरेको हो ।
साधारण सभाले यस अघि स्वेडा लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ती पश्चात संस्थापक शेयर र सर्वसाधारण शेयर पुँजीको अनुपात मिलानको क्रममा फरक पर्न आएको रकमलाई प्रिमियममा एफपिओ शेयर निष्काशन गर्ने, संस्थाले जग्गा खरिद गरेको निर्णयको अनुमोदन तथा उक्त जग्गामा संस्थाको केन्द्रीय कार्यालयको लागि भवन निर्माण गर्न संचालक समितिलाई अख्तियारी तथा “घ” वर्गका अन्य वित्तीय संस्थाहरुसंग एक आपसमा गाभ्न गाभिन वा प्राप्तीको लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने र नीयामक नीकायमा आवश्यक प्रक्रियाको लागि संचालक समितिलाई अधिकार प्रत्यायोजन सम्बन्धि प्रस्तावहरु पारित गरेको छ ।
कार्यक्रममा संस्थाले विगतको तुलनामा धेरै जसो सूचकहरुमा संस्थाले सकारात्मक सुधार हासिल गरेको तथा सुशासन कायम गरिएकोमा आगामी दिनमा अझै सफलताको लागि शेयरधनीहरुको तर्फबाट श्रीराज जोशी, डमरु वल्लभ घिमिरे, शिव प्रसाद पौडेल लगायतले सुझाव सहित शुभकामना दिएका थिए ।
संस्थाको सहायक कार्यकारी प्रमुख विर्ख बहादुर बोहराले संचालन गरेको सभामा कार्यक्रममा उपस्थित शेयरधनीहरुलाई संचालकहरुको तर्फबाट दिप बहादुर श्रेष्ठले स्वागत गरेका थिए भने पुर्व संचालकहरु लिलाराज पौडेल, पवन कार्की, लोक बहादुर माझी, संस्थापक गौतम प्रसाद खनाल, र पुर्व अध्यक्ष राम प्रसाद भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्