
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । मिथिलाले १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्दैछ भने लाभांश तथा सभाका लागि संस्थाले चैत १७ गते बुक क्लोज गर्दैछ ।
जसअनुसार लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ । मिथिला लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल राजदरबार एन्ड नवरंग रिसोर्ट, जनकपुर धनुसामा बिहान ११ बजे सुरु हुनेछ ।
यस्तै इन्स्योरेन्सले ८% बोनस सेयर र २% नगद लाभांश वितरण गर्दैछ । लाभांश तथा सभाका लागि संस्थाले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्दैछ । जसअनुसार लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । नेपाल इन्सुरेन्सले चैत २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा एयरपोर्ट होटल सिनामंगलमा बिहान ११ बजेदेखि हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्