
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं महानगरपालिका ७ गौरिघाट संगम चोक डेरा गरी बस्ने एक जना पक्राउ परेका छन् । संगम चोक डेरा गरी बस्ने रामेछाप लिखु गाउँपालिका ६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई अवैधरुपमा भन्सार छलि ल्याएका करिब १२ लाख ४४ हजार मूल्य बराबरका विभिन्न ब्राण्डका १ सय ६७ थान मोबाइलसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
अवैधरुपमा भन्सार छलि ल्याएका विभिन्न ब्राण्डका मोबाइलहरु श्रेष्ठको डेरा कोठामा लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनको डेरा तालसी गर्दा उक्त मोबाइलहरू फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्