Skip to content
LAXMI SUNRISE BANK

विभिन्न बैंकबाट निकालेको २८ लाख ५० हजार रुपैयाँ स्कुटरको डिक्कीबाट चोरी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्कुटरको डिक्कीबाट २८ लाख ५० हजार रुपैयाँ चोरी भएको छ । काठमाडौं नागार्जुन नगरपालिका–१ घर भएका ५२ वर्षीय नवराज अधिकारीको बा.६० प ९३०४ नम्बरको स्कुटरको डिक्कीबाट नगद २८ लाख ५० हजार रुपैयाँ चोरी भएको हो ।
प्रहरीका अनुसार अधिकारीले विभिन्न बैंकबाट निकालेर ल्याएको उक्त नगद सोमबार बेलुकी चोरी भएको हो ।डिक्कीमा राखी कामको सिलसिलामा चक्रपथ, सोह्रखुट्टे, असन हुँदै समाखुसीस्थित साथीको घरमा गई डिक्की खोली हेर्दा रकम चोरी भएको थाहा हुन आएको पीडितले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा घटना नाटकीय रहेको प्रहरीले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK