×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योग सङ्गठन मोरङमा सुयश प्याकुरेल निर्वाचित, वरिष्ठ उपाध्यक्षमा मुरार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उद्योग सङ्गठन मोरङमा सुयश प्याकुरेल निर्वाचित, वरिष्ठ उपाध्यक्षमा मुरार

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । सुयश प्याकुरेलका अध्यक्षतामा उद्योग सङ्गठन मोरङको १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सङ्गठनको शनिबार सम्पन्न ४८औँ साधारणसभाले १७औँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष प्याकुरेल सर्वसम्मतिबाट छानिएका हुन् । विसं २०२४ मा उद्योगी जुद्धबहादुर श्रेष्ठ संस्थापक अध्यक्ष भएर स्थापित सङ्गठनको कार्यसमिति १७ सदस्यीय हुने प्रावधान छ । कम्तीमा एक महिलासहित तीन सदस्य अध्यक्षले मनोनयन गर्नेछन् । 
कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका तथा उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भोलेश्वर दुलाल एवं कोषाध्यक्षमा विपीन काबरा निर्विरोध छानिएका छन् । सदस्यमा सुरेन्द्र गोल्छा, सुदीप घिमिरे, तारानाथ निरौला, सौरभ शारडा, सुबोध कोइराला, इन्द्र खत्री राजन, पारस लनियाँ र सुनिलकुमार धनावत सर्वसम्मतिले निर्वाचित हुनुभएको सङ्गठनले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: