×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक र दृष्टि आइ केयर सिस्टमबीच सम्झौता, अस्पतालको सेवामा विशेष छुट पाइने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मुक्तिनाथ विकास बैंक र दृष्टि आइ केयर सिस्टमबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता गरेको हो ।
यस सम्झौतापश्चात बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आइ केयर सिस्टमबाट ओपिडि विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँयाबानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुनसुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: