×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ल्यायो ‘होली सप्ताह अफर’, १०० रुपैयाँमै भिसा कार्ड पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ल्यायो ‘होली सप्ताह अफर’, १०० रुपैयाँमै भिसा कार्ड पाइने

Artha Sarokar

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । सो अफर अन्तर्गत चैत्र ०६ गतेदेखि चैत्र १३ गते भित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम वा आवेदन पनि सोहि समय भित्र दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशूल्क लिन सक्नेछन् ।
यस होली सप्ताह अफर सँगै ग्राहकहरुले चाहेको नि: शूल्क खाता पनि बैंकमार्फत खोल्न सक्नेछन् । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो । विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्सजम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी