×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोलुङ्ग हाइड्रोले ३५ कराेड ३१ लाख रूपैयाँको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मोलुङ्ग हाइड्रोले ३५ कराेड ३१ लाख रूपैयाँको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ कराेड ३१ लाख रूपैयाँ बराबरकाे साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणलाई एक सय अंकित दरको ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो ।
उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गर्ने सम्झाैता भएकाे छ । उक्त सम्झाैतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध संचालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । कूल ३५ लाख ३१ हजार कित्ता सेयरमध्ये आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता सेयर छुट्टयाईएको छ ।
मोलुङ्ग हाइड्रोपावर कम्पनीको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत १२ गतेबाट व्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । मिति २०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११ औं वार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी एक अर्ब र जारी पुँजी बृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय पश्चात कम्पनीले सेयर संरचना अन्तर्गत जारी पुँजीको ५६ प्रतिशत अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक सेयर र ४४ प्रतिशत अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण सेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: