×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा सुरु गर्यो अत्यन्त आकर्षक योजना, ६ महिना माथिका खाताहरुमा लागु हुने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा सुरु गर्यो अत्यन्त आकर्षक योजना, ६ महिना माथिका खाताहरुमा लागु हुने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप सम्भव भएसम्म धेरैलाई ढुक्क पार्ने प्रयास गर्दै समाजप्रति उत्तरदायी हुन चाहन्छ । तसर्थ सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन मुलुकको विश्वासिलो बैंक नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना सुरु गरेको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने विश्वास बैंकले लिएको छ ।
नबिल बैंकले आफ्नो ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत प्रकाशित गरेको छ, जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागु हुने भएको छ । यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ । सन् १९८४ देखि ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस बैंकका १ सय १९ शाखा, १ सय ८५ एटिएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: