
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंक लिमिटेडले एकैपटक ठूलो संख्यामा कर्मचारीको माग गरेका छ । बैंकले एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा ८९ जना कर्मचारीको माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र सूचना प्रविधिमा कर्मचारीको माग गरेको हो । जसमा म्यानेजमेन्ट ट्रेनीमा १५ जना, ट्रेनी असिस्टेन्टमा ७० जना र माग सूचना प्रविधि (आइटी) मा ४ जना कर्मचारी माग गरिएको हो ।
उक्त पदका लागि २८ वर्षभन्दा बढी उमेर भएका व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स, इन्जिनियरिङमा स्नातकोत्तर पास गरेका उम्मेद्वारले आवेदन दिन सक्ने भएका छन् । यसैगरी ट्रेनी असिस्टेन्टमा २५ वर्ष पूरा भएको तथा स्नातक पास गरेकाहरुले आवेदन दिन सक्नेछन् । सूचना प्रविधि क्षेत्रमा आवेदन दिन आइटी/इन्जिनियरिङमा स्नातक पास गरेको हुनुपर्नेछ । सबै पदका लागि आवेदन गर्ने अन्तिम समय २३ मार्च अर्थात चैत १० सम्म रहेको छ । बैंकको अनुसार नयाँ माग गरिएका कर्मचारी सातै प्रदेशका लागि रहने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्