
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बंैक र नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं बिच औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बंंैकको कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता गरेको छ ।
श्री निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिती रहेको थियो ।
साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने, “नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तिय पहुचमा बृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामीे औषधि व्यवसायीहरु र बैंकको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं । हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तिय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु¥याउनेछ । साथै, नबिल बैंकले आपतकालिन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुस“ग आबद्घ हुन पाएकोमा गौरवान्दित महसुस गर्दछ ।”
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्