×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा सो परिमाणको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।  ऋणपत्रमा बैंकले वार्षिक ८% ब्याजदर दिने जनाएको छ । 
कुल ३० लाख इकाई ऋणपत्रमध्ये  १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने  १८ लाख इकाई  बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले ७ वर्ष अवधिको ‘८% नबिल बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: