×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको ‘हिरोज् अफ नेपाल’ उपाधीबाट सेफ सन्तोष साह सम्मानित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नबिल बैंकको ‘हिरोज् अफ नेपाल’ उपाधीबाट सेफ सन्तोष साह सम्मानित

१२ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नबिल बैंकले हिरोज् अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष साहलाई सम्मान गरेको छ । बैंकले बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपाल सुरु गरेको हो ।
सेफ सन्तोष साहले बेलायतको मास्टरसेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर नेपालीलाई गौरवान्वित बनाएको कारण उनलाई यस उपाधीबाट सम्मान गरिएको बैंकका सिइओ अनिल केसी शाहले बताए । यस्तै बैंकले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता समेत जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: