
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरुलाई लक्षित गरी आफुले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत प्रथम वर्षको लागि लाग्ने बार्षिक शुल्क पूर्ण रुपमा छुट दिएको बताएको छ । कम्पनीलेले नारी दिवसको अवसर पारेर यो योजना ल्याएको हो भने योजना अंग्रेजी महिना मार्च अन्तिमसम्म रहने छ ।शेयर बजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताहरूले यो सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
विभिन्न व्यवसायमा रहेका व्यवसायिहरु तथा शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ । विगतका दिनहरुमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताहरूले राम्रो प्रतिफल प्राप्त गरेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्