
- अर्थ सरोकार सम्बाददाता
ताप्लेजुङ्ग । नाडाले ताप्लेजुङ्गको दोभानका आगलागी पीडितलाई २ लाख १ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधिले जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङ्गलाई सो मात्राको सहयोग गरेको हो ।
भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्तकुमार नेम्बाङ्ग भेटमा नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पीडितको लागी सो मात्राको चेक हस्तान्तरण गरिएको हो । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरुसंग रकम संकलन गरि सो मात्राको रकम जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गको नाममा चेक मन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
साथै, मन्त्रीले पनि नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरि प्रदेश सांसद मार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरि नाडालाई समेत जानकारी गराउने बताए । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्ष करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती समेतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्