×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु अब ईटहरी नेपालमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु अब ईटहरी नेपालमा

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
ईटहरी । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्ज अन्तर्गत पर्ने ५ वटा नयाँ गाडीहरु फागुन २८ गते शुक्रबार, भब्य कार्यक्रमका साथ पुर्वाञ्चलको ईटहरी मा प्रमुख अतिथि Nada Association पुर्वाञ्चलका अध्यक्ष सुवास आचार्यद्धारा समुद्घाटन गरी सार्वजनिक गरेको छ । यि गाडीहरु-टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ-बि एस सिक्स प्रविधिले सम्पन्न छन् । योसँगै टाटा कंम्पनी उक्त ईन्जिन प्रविधि भएको ५ मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ । यिनिहरुको बनावट अत्यन्तै सुन्दर छ, किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।
१. नयाँ टियागो
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।
२. नयाँ टिगोर
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ ।
३. नयाँ नेक्सन
१२०० सि.सि. ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (IRA) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ ।
४. नयाँ अलट्रोज
१२०० सि.सि. ईन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा ( ALFA ) वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ ।
५. नयाँ एच फाईभ
२००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट OMEGARC वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ । एच फाईभ बिभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: