Skip to content
LAXMI SUNRISE BANK

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शत प्रतिशत हकप्रद सेयर बाँडफाँट, २३ हजार ७३९ कित्ता हकप्रद सेयरमा परेन आवेदन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शत प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । बैंकले पुस २८ गतेसम्म कायम सेयरधनीहरुका लागि १ बराबर १ को अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।  सो अवधिमा रितपूर्वक आवेदन दिने ८३२ जनालाई ६ लाख ३२ हजार ४३० कित्ता सेयर फागुन १४ गते बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको हो । 
बैंकले निष्कासन गरेको कुल कित्तामध्य २३ हजार ७३९ कित्ता हकप्रद सेयर भने वितरण हुन सकेन । बैंकले उक्त अवितरित सेयर लिलामी प्रकृयाबाट बिक्री गर्नेछ । हाल बैंकको चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रहेको छ भने हकप्रदपश्चात यो पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० पुग्नेछ । कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धकको जिम्वेवारी ग्लोबल आइएमई क्यापीटल लिमिटेडले पाएको छ । यस कम्पनीले शतप्रतिशत हकप्रद सेयरपछि फेरी २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK