×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन, ९.५० प्रतिशत ब्याज पाइने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बुधबार एनसीसी बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने अन्तिम रहेको छ । आज कार्यालय समयसम्म बैंकको सो ऋणपत्रमा आवेदन दिन सकिनेछ । बैंकले गत शुक्रबारदेखि १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ६० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गर्ने गरी सो ऋणपत्र बिक्रीमा ल्याएको थियो ।यस्तै ११ लाख ४० हजार कित्ताका सर्वसाधारणका लागि छुट्याइएको थियो । 
रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको सो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रिपल बि’ रेटिङ दिएको छ भने बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ भने वार्षिक ९.५०% ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: