×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

तथ्यांक लुकाएको उजुरीपछि सिद्धार्थ र नेको इन्स्योरेन्समा बीमा समितिको छड्के, केही कागजात नियन्त्रणमा…

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददता
काठमाडौँ । बीमा कम्पनीहरुको नियामक निकाय  बीमा समितीमा नयाँ अध्यक्षको आगमन भएसंगै बीमा कम्पनीहरुको निरिक्षणको दायरा बढाईएको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको निर्देशनमा समितिका निरिक्षण शाखा प्रमुख सुशिलदेव सुवेदीको नेतृत्वमा निरिक्षणका लागि टोलि बनेको छ । सोहि टोली निरिक्षणमा आक्रामक देखिन थालेको छ । 
 
सोहि क्रममा तथ्यांक लुकाएको उजुरीपछि समितिको टोलीले सिद्धार्थ इन्स्योरेन्स र नेको इन्स्योरेन्समा छड्के अनुगमन गरेको छ । यी दुई कम्पनीले आफ्नो तथ्यांक लुकाएको उजुरी परेको र समितिले जारी गरेका निर्देशन अनुसार नचलेको भेटिएपछि केही कागजात पनि नियन्त्रणमा लिइएको छ । 
टोलीले जानकारी नै नदिई अन्य कम्पनीहरुको निरिक्षण गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार एक महिनामा ६ वटा निरिक्षण गरिसकिएको छ । टोलिले कम्पनीको वित्तीय विवरण, सुशासन अण्डर राइटिङ, दाबी, पुनर्बीमा, खरिद प्रकृया, सम्पत्तीको सदुपयोग, सम्पत्ती शुद्धिकरणलगायतका सूचकहरुको अनुगमन गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal