
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच नेपाल बङ्गलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरु तथा काठमाडौं बाहिरका शाखाहरुमा उपचार गराउंदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको छ ।
उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरु लाभान्वित हुने विश्वास बैकले लिएको छ ।
हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यका बाहिर ८ वटा हस्पिटल रहेका छन् । उक्त सबै स्थानबाट छुट प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ । हाल नेपाल बङ्गलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATMबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्