×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंक र सुनचाँदी ब्यवसायी महासंघबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

अर्थ सरोकार

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार

PRIME CA

नेपाल बंगलादेश बैंक र सुनचाँदी ब्यवसायी महासंघबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

  • र्थ सरोकार सम्बाददाता  
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंकबीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले मंगलबार काठमाडौंमा आयोजित बिशेष समारोहकाबीच सो बैंकिङ साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अबदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् ।  जसले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको महासंघका अध्यक्ष शाक्यले बताए । यो सम्झौतापछि महासंघका आवद्ध ब्यवसायीहरुले नेपाल बंगलादेश बैंकमार्फत् उपलब्ध हुने विभिन्न किसिमका बैंकिङ सेवाहरु सरल र सहुलियतपूर्ण रुपमा प्रयोग गर्न पाउने उनले जानकारी दिए ।
दुई संस्थाबीचको सहमतिपश्चात महिला, दलित, विपन्न, अल्पसंख्यक लगायतका वर्गका लागि पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकले सहयोग गर्नेछ । यसबाहेक बैंकले उपलब्ध गराउने सबैखालमा बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउन पनि बैंकले सहयोग गर्नेछ ।पछिल्लो समय नेपाल राष्ट्र बैंकले समेत डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही नीति अनुरुप महासंघले पहिलो चरणमा नेपाल बंगलादेश बैंकसँग बैंकिङ सहकर्यको सम्झौतामा हस्ताक्षर गरेको हो । महासंघले आवश्यकता अनुसार अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग समेत यस किसिमको सम्झौता गदै जाने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: