
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजना मिति २०७७/१२/०३ देखि ०९ गते सम्म ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता- GYB/SYB’ सात दिवसिय तालिम कार्यक्रम १० समुहमा ३ सय ७० जनालाई आज (बुधबार) बाट सुरु भएको छ । उक्त कार्यक्रम चैत्र ३ गते राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा सुरु भएको हो । उक्त कार्यक्रमको तालिम पश्चात् नेपाल बैंकले ३ सय जनालाई विजनेस प्रपोजलको आधारमा पालिकाको जमानीमा ३ लाख रुपैयाँको दरले विना ब्याज ऋण दिने सहमति भएको छ ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यन्वनका लागि परिषद्ले युवा र बैंकलाई जोड्ने बताए । साथै बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नुपर्ने पनि बताए । कार्यक्रममा नेपाल बैंकको तर्फबाट सम्बोधन गर्दै डिपुटी सिइओ प्रकाश अधिकारीले आवश्यक डकुमेन्ट सहित प्रक्रियामा आएर बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताए । युवाहरुलाई उधमशिलताका लागि विना ब्याज ३ लाख रुपिया प्राप्त गर्ने भएका छन् । मेयर उधमशिलता कार्यक्रम चलाउने चागुनारायन नगरपालिका देशकै पहिलो नगरपालिका हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्