×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल बैंकले चाँगुनारायण नगरपालिकाका ३०० जनालाई ३ लाखको दरले बिना व्याज ऋण दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । नेपाल बैंक एवं राष्ट्रिय युवा परिष्द संघकाे सहकार्यमा भक्तपुर जिल्लास्थित चाँगुनारायण नगरपालिकामा उद्ममशिलता तथा वित्तिय साक्षरता तालिम सम्पन्न भएकाे छ । मेयर उद्ममशिलता कार्यक्रम अन्तर्गत उक्त वित्तिय साक्षरता तालिम सम्पन्न भएकाे हाे । ३९० जना प्रशिक्षार्थीलाई १० समूहमा विभाजन गरेर दिइएकाे तालिम आफ्नाे व्यवसाय कसरी छनाेट गर्ने र कसरी सुरुवातकाे बारेमा जानकारी दिइएकाे थियाे ।
यस्तै बैंकले विजनेस प्रपाेजलको आधारमा चाँगुनारायण तीन सय युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिने भएकाे छ । बैंकले चाँगुनारायण पालिकाको जमानीमा तीन सय युवाहरुलाई ३ लाखको दरले बिना व्याज ऋण दिनेछ ।
बैंकले विभिन्न पालिकाहरुसँग सम्झाैता गरी सहुलियतपुर्ण कर्जाहरु उपयाेग गराउँदै आएपनि यसप्रकारकाे तालिम संचालन भने पहिलाे पटक गरेकाे प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले बताए । यस्ता तालिमले युवाहरुलाई स्वाराेजगार बनाउन मद्धत गर्न उनी बताउँछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: