×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको शाखा दैलेखको नारायण नगरपालिकामा पनि पुग्यो, सर्वसाधारणहरुलाई थप

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल बैंकको शाखा दैलेखको नारायण नगरपालिकामा पनि पुग्यो, सर्वसाधारणहरुलाई थप

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दैलेख । नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । चैत ४ गते बुधवार नेपाल बैंक लिमिटेडका सन्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी र नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी मधुकुमार मरासिनीले दैलेख जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले दैलेखबासीलाई समृद्ध बनाउन भुमिका खेल्ने धाराण राखेका थिए ।
नगर प्रमुख रत्न बहादुर खड्काले बिगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेकोले आज सन्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङ्गको अपेक्ष रहेको धारण राखे । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको बिशिष्ट प्रकृतिका प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसंग साझेदारी गर्न ग्राहकबर्गलाई अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्लेको समेत उपस्थिती रहेको थियो । वीरेन्द्रनगर शाखाका शाखा प्रवन्धक गणेश केसिले कार्यक्रमको सञ्चालन गरेको कार्यक्रममा प्रादेशिक कार्यालयका प्रवन्धक धर्मराज कोईरालाले स्वागत मन्तब्य राखेको थिए । समाहरोह सीईओ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिका प्रमुख श्री रत्न बहादुर खड्का र दैलेख जिल्ला उध्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बिक बिशिष्ट अतिथी रहेका गिथए भने समाहरोहमा जनप्रतिनिधी, ब्यापारी/ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक तथा जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: