×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकर्स संघद्वारा कर्णालीका व्यापारी र व्यवसायीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । नेपाल बैंकर्स संघकाे कर्णाली प्रदेश समितिले व्यापारी र व्यवसायीहरुकाे लागि बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेकाे छ । साेमबार नेपाल बैंकर्स संघ काठमाडौंको सहयोगमा कर्णाली प्रदेश समितिले संचालन गरेकाे एकदिने बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रममा कर्णाली प्रदेशका व्यवसायीहरुकाे सहभागिता रहेका थिए ।
कार्यक्रममा व्यापार/व्यवसायीलाई बैंकिङ्ग, कर्जा, कर तथा डिजिटल बैंकिङ्ग, कृषि सहुलियत योजना, कोभिड–१९ वाट प्रभावित ग्राहकका निम्ति बनाइएका नीति योजनाहरु सम्बन्धी जानकारी दिइएकाे थियाे । नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राज कुमार शाक्यको अध्यक्षता रहेको सो कार्यक्रममा मुख्य अतिथि नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शालिग्राम पोख्रेल र अतिथिमा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धन बहादुर रावत थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: