×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

नेपाल फाइनान्सद्वारा विभिन्न साधारणसभाबाट पारित पुरानो लाभांश लिन सेयरधनीलाई अनुरोध

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल फाइनान्सले आफ्ना सेयरधनीलाई विगत पाँच वर्षभन्दा पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले विभिन्न साधारणसभाबाट पारित पुरानो लाभांश रकम केही सेयरधनीले हालसम्म पनि लिन नआएकाले आफूले लिन बाँकी लाभांश लिन अनुरोध गरेको हो । कम्पनीले सूचना प्रकाशित गरेको ३० दिन भित्र सेयरधनीले कम्पनीको प्रशासन विभागमा सम्पर्क लिई लाभांश रकम लिन सक्नेछन् । साथै हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गर्न बाँकी सेयरधनीले बैंक खाता अद्यावधिक गराई लाभांश रकम प्राप्त गर्न सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: