Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेण्ट बैंकले ल्यायो ‘पैसा पठाउने’ एप, अब भारतबाट जुनसुकै समयमा नेपालमा सजिलै पैसा पठाउन सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ‘पैसा पठाउने’ एप ल्याएको छ । उक्त एपमार्फत भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने बैंकले जनाएको छ । यस एप मार्फत भारतमा रहेका व्यक्तिले आफ्नो मोबाइलबाट २४ घण्टा नै नेपाल पैसा पठाउन सक्नेछन् । पैसा पठाउने एप सुरक्षित, छिटो र सजिलो भएको भएको बैंकले जानकारी दिएकाे छ । 
यो एपबाट भारतमा बिदाको दिनमा पनि प्रयोग गरी पैसा नेपाल पठाउन सकिनेछ । पैसा पठाउने यस एपलाई भारतको केन्द्रीय बैंकले अनुमति दिएको छ । उक्त एप मार्फत भारतमा रहेका नेपालीले ५० हजार भारुका दरले वर्षमा बढीमा १२ पटकसम्म पैसा नेपाल पठाउन पाउन सक्ने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK