Skip to content
LAXMI SUNRISE BANK

सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराउन नेपाल इन्भेष्टमेण्ट बैंकको आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले साविकको सिटि एक्सप्रेस फाइनान्स कम्पनीका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । यी दुई कम्पनीको माघ ११ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।प्राप्तिपश्चात सिटि एक्सप्रेस फाइनान्सको नामबाट जारी भएको सेयर रद्द गरि नेपाल इन्भेष्टमेण्ट बैंकको नामबाट अभौतिक रुपमा शेयर प्रदान गर्नुपर्ने भएकाले उक्त कम्पनीले शेयर अभौतिकीकरण गर्न भनेको हो ।
फाइनान्सका सेयरधनीहरुमध्ये गत माघ ११ गतेसम्म आफ्नो शेयर अभौतिकीकरण नगराएका र हालसम्म पनि हितग्राही खाता खोल्न बाँकी रहेकाहरुले यथासिघ्र बैंकको कार्यालय र शेयर रजिष्ट्रार कार्यालयमा सम्पर्क गर्न पनि बैंकले भनेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK