
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी Nabil Invest Satellite Portfolio Management Service संचालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले कुनै प्रकारको बार्षिक शुल्क तिर्नुपर्ने छैन । विशेष लगानी व्यवस्थापन सेवा (Customized PMS) अन्तर्गतको यस शेयर लगानी व्यवस्थापन सेवामा दक्ष Portfolio Analyst तथा गहन विश्लेषण, Research को आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानी गरिने यो लगानी व्यवस्थापन सेवामा लगानी गरिएको रकममा फाईदा भएको बखतमा मात्र Performance Fee बापत केही शुल्क लिईनेछ ।
यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले कम्तिमा २५ लाख बरावरको नगद रकम वा सोही मुल्य बरावरको शेयरको मुल्यांकन (Stock Valuation) गराई प्रवेश गर्न सकिनेछ र यो सेवा सम्बन्धि अन्य जानकारीको लागि कम्पनीले कम्पनीको ईमेल [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ । लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी अन्तर्राष्ट्रि«य स्तरको वित्तीय सेवा तथा इन्भेष्टमेण्ट बैंकिंग र मर्चेन्ट बैंकिंग सम्बन्धि सम्पूर्ण सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्