×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ वर्षे कार्यकाल सकेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ नेपाल राष्ट्र बैंकबाट बाहिरिए, को बन्लान् नयाँ डेपुटी गभर्नर ?

PRIME CA

५ वर्षे कार्यकाल सकेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ नेपाल राष्ट्र बैंकबाट बाहिरिए, को बन्लान् नयाँ डेपुटी गभर्नर ?

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकको दुई डेपुटी गभर्नरको पद खाली भएको छ । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल आजदेखि सकिएसँगै उक्त पद खाली भएको हो । डेपुटी गभर्नर पद रिक्त भएसँगै अबको डेपुटी गभर्नर को बन्लान् भन्ने अड्कलबाजी शुरू भएको छ । राष्ट्र बैंकका गभर्नरको सिफारिशमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने कानूनी प्रावधान छ।
गभर्नरको सिफारिश अनुसारको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रावधान छ । कानून अनुसार, राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू मात्र डेपुटी गभर्नरका लागि योग्य हुन्छन् । डेपुटी गभर्नर भविष्यको गभर्नर पदका लागि दाबेदार मानिन्छन्। डेपुटी गभर्नरका लागि राष्ट्र बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशकहरूले दौडधुप तीव्र पारेका छन् ।
डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकहरूमध्येबाट योग्यता पुगेलाई बढुवा गर्ने व्यवस्था राष्ट्र बैंक ऐनमै उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: