
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल टेलिकमसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । चैत १३ गते वार्षिक साधारणसभा बोलाएको टेलिकमले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्दैछ । जसकारण आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । टेलिकमले गत वर्षको नाफाबाट ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।
यस्तै स्वावलम्बन लघुवित्तको २०% लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन हो । चैत ११ गते १९औं वार्षिक साधारणसभा बोलाएको कम्पनीले फागुन २८ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्दैछ । फागुन २७ गते शिवरात्रीमा सार्वजनिक बिदा परेकोले आजससम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । सभा अम्रपासी, ब्यांक्वेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यता सबैको लघुवित्तको १०.५०% लाभांश सुरक्षित गर्ने पनि अन्तिम दिन हो । चैत १४ गते १९औं वार्षिक साधारण सभा बोलाएको कम्पनीले फागुन २८ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्दैछ । फागुन २७ गते शिवरात्रीमा सार्वजनिक बिदा परेकोले आजससम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर तनहुँमा बिहान ११ बजे सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्