×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली बजारमा हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक, कति छ मूल्य ?

अर्थ सरोकार

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार

PRIME CA

नेपाली बजारमा हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक, कति छ मूल्य ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बहुप्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक भएको छ । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक गरेको हो ।
यी दुई गाडी भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने छन् भने १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलजि रहनेछ । हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु—सज्जित छ ।
हुन्डाई भेन्यू १.२ एस प्लसमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ । जस अन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmष्टल इफेकट सहितको एलईडी डीआरएल लाइट विशेष रहेको कम्पनीले जनाएको छ । इंटेलिजेंट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिने पनि कम्पनीले जनाएको छ । यी गाडीहरुको शुरुवाती मूल्य हुन्डाई भेन्यू १.२ एस प्लस को ४४ लाख ५६,००० रुपैयाँ र हुन्डाई भेन्यूू आईएमटीको रु. ४४ लाख ९६,००० रुपैयाँ कायम गरिएकोे कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: