- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार अर्थात् चैत महिनाको पहिलो दिन प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक ७.७८ अंकले बढेर २४६६.२७ बिन्दुमा पुगेको हो ।
यस अवधिमा ३६ कम्पनीको ५ हजार ५१४ कित्ता सेयर ७८ लाख ६७ हजार ६६ रुपैंयामा किनबेच भएको छ । ३६ कम्पनीमध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य घटेको छ । साथै कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।