×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

झिनो अंकले घट्यो सेयर बजार, ४ अर्ब १० करोडमाथिको कारोबार !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से झिनो अंकले घटेको छ । नेप्से परिसूचक मंगलबारको तुलनामा ३.४० अंकले घटेर २४५८.४८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १० करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्सको भएको छ ।
यस कम्पनीको ५५ करोड ७० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र अरुण भ्याली हाइड्रोपावरको भएको छ । आज ७ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: