
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्थाको चौधौं वार्षिक साधारण सभा समपन्न भएको छ । संस्थाका अध्यक्ष डा. भेष प्रसाद धमलाको अध्यक्षतामा विराटनगरको उद्योग संगठन मोरङ्गको सभाहलमा सम्पन्न भएको हो ।
उक्त सभामा संचालक समितिको तर्फबाट अध्यक्ष धमलाले आ.व. २०७६/७७ प्रगति प्रतिवेदन पेश गरेका छन् । वित्तीय संस्थाले यस अवधिमा १३ लाख ९ हजार ८५४ घर परिवारमा लघुवित्त सेवा पु¥याई ८५ हजार १५३ ऋणी सदस्यलाई ५ अर्ब ४८ करोड ऋण लगानी गर्न सफल भएको र २ अर्ब १८करोड बचत संकलन गरी सम्पुर्ण कारोबार समावेशपछिको खुद मुनाफा ४ करोड ६९ लाख ५१ हजार ४ सय ६९ र २७ पैसा आर्जन गरेको जानकारी सभालाई दिए ।
सभाले सम्पुर्ण शेयरधनीहरुलाई आ.व.२०७६/७७ को वितरण योग्य मुनाफावाट ८ प्रतिशत वोनश शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय पारित गरेको छ । वित्तीय संस्थाका संचालक डा.वेदप्रसाद आचार्यले स्वागत मन्तब्य राखेका थिए भने प्रबन्ध संचालक सुधिर कुमार श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्दै मुनाफा वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार ५ सय ७४ पुगेको जानकारी दिए । उक्त साधारण सभाबाट संस्थापक शेयरधनीहरु मध्येबाट मणि कुमार अज्र्याललाई संचालकमा निर्विरोध चयन गरिएको छ । राष्ट्रिय स्तरको यस संस्थाले ३१ जिल्लामा ९२ वटा शाखा उपशाखाहरु मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्