Skip to content
LAXMI SUNRISE BANK

नेटटिभीको साझेदारीमा भ्वाइस अफ नेपाल सिजन-३ प्रसारण हुँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हिमालय टीभीले टेलिभिजन लगायत अरु सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालको सिजन–३ प्रस्तुत गर्न लागेको छ । भ्वाइस अफ नेपाल भनेको अन्र्तराष्ट्रिय गायन क्षेत्रको रियालिटी सो हो जसलाई नेपाली ढाँचा अनुसार प्रस्तुत गरिन्छ । वल्र्डलिंक कम्युनिकेशन्स् लिमिटेड लगायत यसका भगिनी कम्पनीहरु नेटटिभी र नेपाली पात्रोले भ्वाइस अफ नेपालको सिजन–३ का सम्पूर्ण कार्यक्रममा साझेदारी गरेको छ । 
सिजन–३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वल्र्डलिंकले उपलब्ध गराउने छ र नेटटीभीले सम्पूर्ण गतिविधिको साझेदारको रुपमा आवद्ध भएको छ । भ्वाइस अफ नेपाल सिजन–३ को अफिसियल ओटीटी साझेदारको रुपमा नेट टीभी एप्स र सामुदायिक साझेदारका रुपमा नेपाली पात्रो रहेको छ । ‘हामी हिमालय टीभीले प्रस्तुत गर्न लागेको भ्वाइस अफ नेपाल सिजन–३ को सम्पूर्ण गतिविधिमा आवद्ध हुन पाउँदा खुशी छौ ।’–वल्र्डलिंक कम्युनिकेशन्स् लिमिटेडका निर्देशक मनोज अग्रवालले भन्नुभयो–‘यो कार्यक्रमले हाम्रो देशका गायन क्षेत्रका प्रतिभाहरुलाई खोज्नु तथा अवसर प्रदान गर्नेछ र हाम्रो उद्देश्य हिमालय टीभीले गरेको कार्यक्रमलाई सहायता गर्नु हो ।’
‘नेपाली जनतालाई नेटटीभीले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रदान गर्दै आइरहेकोछ । कार्यक्रम हाम्रो आईपीटीभी सेवा जडान गरेका र नेटटीभी एप्सका ग्राहकहरुले हेर्न सक्नेछन् । असम्पादित विशेष प्रस्तुतीकरणहरुको मनोरञ्जन नेटटीभीको एप्समार्फत पनि लिन सक्नेछन् । प्रस्तुतीकरणको कार्यतालिका र यसका अध्यावधिक सूचनाहरु नेपाली पात्रोमार्फत पनि लिन सकिनेछ । शीर्ष प्रतिभाहरुलाई वल्र्डलिंकले बर्षभरि निःशुल्क इन्टरनेट र आइपीटीभी सेवाहरु प्रदान गर्नेछ, यसमा हामी खुशी छौ ।’–निर्देशक अग्रवालले भने।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK