×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआईबिएल एस क्यापिटलद्वारा ‘सेयर ज्ञान-एजुकेशन इन्भेस्टर्स’ नामक चेतनामुलक अभियान सञ्चालन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले सबै लगानीकर्ताहरुलाई शेयर बजार सम्बन्धी ज्ञान होस् भन्ने उद्देश्यका साथ “सेयर ज्ञान-एजुकेशन इन्भेस्टर्स” नामक चेतनामुलक अभियान सञ्चालन गर्दै आईरहेको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडले यो जनचेतनामुलक अभियान सामाजिक सञ्जालमार्फतबाट सबै वर्गलाई बुझ्न सजिलो हुने उद्देश्यले नेपाली र अंग्रेजी दुवै भाषामा सम्प्रेषण गर्दै आईरहेको छ ।
साथै शेयर बजार सम्बन्धी विस्तृत जानकारी दिनका लाीग दैनिक रुपमा ‘डेली न्युज लेटर’ र साप्ताहिक रुपमा साप्ताहिक शेयर बजार समिक्षा पनि गरिरहेको छ । यस क्यापिटलले प्रस्तुत गर्दै आईरहेको चेतनामुलक अभियानले शेयर बजारमा लागानी गर्न इच्छुक लगानीकर्ताहरुलाई टेवा पु–याउनेमा विश्वस्त छ ।
यसका साथै एनआईबिएल एस क्यापिटल लिमिटेडले आगामि दिनहरुमा जनमानसमा शेयर बजार सम्बन्धी थप जनचेतना र शेयर ज्ञान अभिवृद्धि गर्न आफ्नो सामाजिक सञ्जालका माध्यमहरु अझ सक्रिय बनाउदै जाने प्रतिवद्वता व्यक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: