×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वी नेपालको गोरखा डिपार्टमेन्ट स्टोरका ४ शाखामा एनआईसी एशिय बैंकको क्युआर भुक्तानी सेवा

PRIME CA

पूर्वी नेपालको गोरखा डिपार्टमेन्ट स्टोरका ४ शाखामा एनआईसी एशिय बैंकको क्युआर भुक्तानी सेवा

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्युआर भुक्तानी सेवा सुरु गरेकाे छ । यस सन्दर्भमा बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्युआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको हाे जसमार्फत कम्प्युटरको स्कृनमै क्युआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्नेछन् । फोन पेमा आवद्ध बैंकका ग्राहकहरूले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट क्युआर भुक्तानी सेवा प्रयोग गर्न सक्नेछन् ।
यस बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक रहेकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: