
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकले आज आइतबारदेखि आफ्नो स्वामित्वमा रहेको ७५ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेसनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यो लिलामीमा चैत ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
यस्तै सो लिलामीमा एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन सकिनेछ । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय ४ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्स न्यूनतम ४०४ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्