×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया लघुवित्तको सेयर कारोबार ७ महिनापछि फुकुवा, आजदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एशिया लघुवित्तको सेयर कारोबार ७ महिनापछि फुकुवा, आजदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने

१८ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बुधबारदेखि एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा सेयर कारोबार खुला भएको छ । लघुवित्तको सेयर कारोबार ७ महिनापछि दोस्रो बजारमा कारोबारमा आएको हो । स्वदेशी लघुवित्तसंगको मर्जर प्रकृयाका कारण कम्पनीको सेयर कारोबार गत साउन ३२ गतेदेखि रोक्का रहेको थियो ।
एनआइसी एशिया र स्वदेशी लघुवित्तबीच १००ः९४ कित्ता शेयर स्वापको अनुपातमा मर्जर सम्पन्न भएको हो । मर्जरपश्चात दोस्रो बजारमा शेयर कारोबारको लागि मंगलबार नेप्सेमा एनआइसी एशिया लघुवित्तको नाममा स्वदेशी लघुवित्तको २५ लाख ९४ हजार ४०० कित्ता शेयर सूचीकृत भएको छ । सेयर सूचीकरणसँगै नेप्सेले लघुवित्तको रोक्का रहेको शेयर फुकुवा गरेको छ ।
मंगलबार शेयर सुचिकृतपछि बुधबारबाट एनआईसी एसिया लघुवित्तको नामबाट दोस्रो बजारमा सेयर कारोबार  खुलेको हो । नेप्सेले लघुवित्तको पहिलो सेयर कारोबारको लागि ७६५.१२ रुपैयाँको कारोबार रेञ्ज तोकेको छ । मर्जरको बखत लघुवित्तको ७५९ रुपैयाँमा शेयर कारोबार रोक्का भएको थियो । कम्पनीको शेयर कारोबारको लागि एनआईसीएलबिएसएल (NICABSL) कारोबार संकेत दिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: