Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकसँग नेप्सेले माग्यो स्पष्टीकरण, ३ दिनभित्र स्पष्टीकरण पेश गर्न नेप्सेको निर्देशन (पत्रसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्काददाता
काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंकसँग स्पष्टीकरण मागेको छ । हालै मात्र सञ्चार माध्यममा आएका निफ्रासँग सम्बन्धित समाचारका विषयमा नेप्सेले स्पष्टीकरण मागेको हो । केही सञ्चार माध्यमहरुमा निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने समाचार आएको थियो । उक्त विषयमा सत्यतथ्य प्रकाश पार्न नेप्सेले निफ्रालाई भनेको छ ।
यस्तै रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने सम्वेदनशील सूचना प्रचार गर्नुको कारण स्पष्ट पार्न नेप्सेले निफ्रालाई निदेर्शन दिएको छ । नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई निर्देशन दिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK