
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा QR Code मार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आथित्यता र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्व रहेको उक्त कार्यक्रममा अतिथि गणहरु नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, यूवा उद्यमी प्रदिप कुमार मुरारका, बिराटनगर वडा नं. ११ का अध्यक्ष त्रिथेन्द्र न्योपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, स्थानीय क्लबका सदस्यहरु, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई रुं १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा उक्त बजार व्यवस्थापन समितिका तर्फबाट सचिव गुड्डु साहेबले मन्तव्य राख्नु भएको थियो भने गर्भनर अधिकारीले नगद कम भन्दा कम प्रयोग गर्न आह्वान गदै QR Code प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नु भएको थियो ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा QR Code मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ । ‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइजेसनको तर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं ।’ प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्