
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड बनाउन अनुमति दिएपछि विभिन्न बैंकहरुले धमाधम डलर कार्ड योजना सार्वजनिक गर्न थालेका छन् । एनएमबि बैंकले प्रिपेड कार्डमार्फत अनलाइन कारोबार गर्ने गरी डलर कार्ड सेवा सार्वजनिक गरेको छ।
वार्षिक पाँच सय डलर वा सो बराबर अन्य परिवर्त्यय विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोवार गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित खाता खोली विदेशबाट पाइने सुविधाहरु ग्राहकले लिन सक्नेछन् ।
यसबाट भारतमाबाहेक अनलाइन प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स, सपिङ, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्