×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीमा १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीमा १ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ९३ करोड रुपैयाँ एक वर्षे मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, विकास बैंकमा २९ करोड ४ लाख रुपैयाँ र वित्त कम्पनीमा ९ करोड ६८ लाख रुपैयाँ बराबर लगानी गर्ने भएको हो । 
संस्थागत मुद्दति निक्षेपमा २०७८ बैशाख २ गतेदेखि ०७९ बैशाख १ गतेसम्म सो रकम राख्न राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई गोप्य शिलबन्दीमा दरभाउपत्र (ब्याजदर) पेश गर्न आह्वान गरेको छ । तोकिएका बैंक तथा वित्त कम्पनीहरुले ०७७ चैत १८ गते अपरान्ह २ बजेसम्म दरभाउ पेश गरिसक्नु पर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: