Skip to content
LAXMI SUNRISE BANK

आज मन्त्रिपरिषद् बैठक बस्दै, को होलान् नयाँ डेपुटी गभर्नर ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंगलबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले २ जनालाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने संकेत देखिएको छ । चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ ५ वर्षे कार्यकाल सकेर गत मंगलबार राष्ट्र बैंकबाट बहिरिएसंगै रिक्त दुई डेपुटी गभर्नरमा आज नियुक्ति गर्ने सम्भावना अधिक रहेको बुझिएको छ ।
 
यता दुई डेपुटी गभर्नर नियुक्तिका लागि गभर्नरको सिफारिस अर्थ मन्त्रालयमा पुगेको पनि स्रोतको दाबी छ । सो पदहरु रिक्त हुँदा राष्ट्र बैंक अधिकाश कामहरु प्रभावित भएको हुँदा आजै बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ नियुक्त गर्ने सम्भावना अधिक रहेको बताइएको छ । अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले ५ वर्षको लागि डेपुटी गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ । दुबै डेपुटी गभर्नर राष्ट्र बैंकको संचालक समिति सदस्य पनि हुने व्यवस्था छ ।
गभर्नरले सिफारिस गरेका ३ जनाको नाम अर्थ मन्त्रालय स्रोतले उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अर्थ मन्त्रीका प्रमुख आर्थिक सल्लाहकार तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, सार्वजनिक ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. निलम तिम्सिनाको नाम सिफारिसमा परेको छ भने राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, ऋषिकेश भट्ट वा बमबहादुर मिश्रमध्ये एक जनामा सिफारिस भएको बताइएको छ । दुई जना डेपुटी गभर्नर नियुक्तिको लागि गभर्नरले ४ जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK