×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब ४५ करोड रुपैयाँ राख्दै राष्ट्र बैंक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब ४५ करोड रुपैयाँ राख्दै राष्ट्र बैंक

१२ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा सो रकम लगानी गर्ने भएको हो । ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ७६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५१ करोड ७५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १७ करोड २५ लाख रुपैयाँ लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।  
बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाइ आवेदन दिनुपर्नेछ । बैंकले यही चैत १३ गते अपराह्न १ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन बुधबार एक सूचनामार्फत आग्रह गरेको छ । सोका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम भएको, खराब कर्जा कूल कर्जा सापटको ५% वा सोभन्दा बढी नरहेको कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समयसमयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेकोलगायात हुनुपर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: