- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत विदेशी वस्तु खरिद गर्दा ५०० डलरसम्मको सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै यस्तो सुविधा दिने जनाएको हो । राष्ट्र बैंकले सो सुविधा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकमार्फत दिने पनि जनाएको छ । बार्षिक अधिकतम ५०० डलर वा त्यो बराबरको अन्य मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्था गरेको हो । प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी सो कार्ड जारी गर्न सकिने छ ।