
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्राहकको सेवालाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहक महानुभावलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । विश्व बैंकिङ्ग बजारमा निकैनै परिचित यस omni channel सेवा यस बैंक अफ काठमाण्डू लिमिटेडका खाता बहाक ग्राहक तथा यस बैंकमा खाता नभएका सम्पूर्णले उपयोग गर्न सक्नेछन् । यस परिस्कृत सेवाले हाल ग्राहकहरुले अनुभव गरिरहेको विभिन्न समस्याहरुको निवारण गर्नेछ । हाल बैंकहरुले ग्राहकहरुलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ ।
यस परिस्कृत सेवाबाट ग्राहकहरुले विभिन्न माध्यम मार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विधुत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहकहरुको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधीहरुसंग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवड भुलवस विर्सिएमा आफैले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटिएम सेवाहरुको जानकारी लिन, विदेशि विनिमय दरको जानकारी लिन आदी सेवाको उपयोग गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्