
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री पद्यमाकुमारी अर्यालले कृषिमलको समस्या सधैंको लागि अन्त्य भएको बताउनु भएको छ । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैंको लागि अन्त्य भएको बताउनु भयो । आफूले मन्त्रालय सम्हाले पछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती गर्न हुनथाले पछि मलको समस्या हटेको बताउनु भयो ।
मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखान स्थापना गर्ने गरि काम अगाडी बढेको मन्त्री अयालले बताउनु भयो । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताउनु भयो । कृषि तथा पशुपंक्षी यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगमी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनगरि प्रथम चौमासिक अवधीमा ३ लाख मेट्रिक टन मल आपुर्तीको प्रक्रिया यहि महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले बताउनु भयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्