×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक लाख ७६ हजार नगदसहित जुवा खेलिरहेका ३ जना पक्राउ

PRIME CA
GLOBAL IME BANK

एक लाख ७६ हजार नगदसहित जुवा खेलिरहेका ३ जना पक्राउ

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । बहुदरमाई नगरपालिका १ बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ९ बस्ने ४० वर्षीय गुरदेली साह, बारा कलैया उपमहानगरपालिका २३ बस्ने ५२ वर्षीय जंग बहादुर साह र बारा कलैया उपमहानगरपालिका १४ बस्ने ४० वर्षीय राजेश मेहता रहेका छन् । बाँसघारीमा जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: